विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ बुधबारको दरभाउ

-



     सफल आवाज    
     जेठ २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरोको भाउ घटेको छ । अन्य देशको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८८ पैसा बिक्रिदर १३२ रुपैयाँ ४८ पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८८ रुपैयाँ १७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ २५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २२ पैसा रहेको छ ।

आजको मूल्यसूची :