सुनको भाउ बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     जेठ २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ जेठ। साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बृद्धि भएको हो भने चाँदीको भाउ स्थिर रहि मंगलबारकै भाउमा कारोबार भईरहेको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १२ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदीको भाउ शुक्रबारकै भाउ कायम भई तोलाको १ हजार ४ सय २० रुपैयाँमा नै कारोबार भईरहेको छ ।