आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ जारी गर्दै

-



     सफल आवाज    
     जेठ २६ गते २०८० मा प्रकाशित




काठमाडौं २६ जेठ । आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियमा सेयर आईपीओ जारी गर्ने भएकाे छ । प्रतिसेयर १०० रुपैयाँ अंकित दरकाे १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसामा सेयर जारि गरिने भएकाे हो।

इन्स्योरेन्सले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्ने भएकाे हो। यसमा १२ लाख कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि रहेकाे छ। ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि रहेकाे छ भने ६ लाख कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। इच्छुक लगानीकर्ताले ९६ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारमा गएकाहरुले असार १ गतेदेखि १५ गतेसम्म आवेदन दिन पाउनेछन्। सर्वसाधारणले असार २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्नेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन पेश नभएमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ। यसका लागि घटीमा १० तथा बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ।

लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरु र शाखाहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनालनइनबाट पनि आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ।