बढ्यो सुन र चाँदीको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     जेठ २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ४० ले बृद्धि भएको हो ।

छापावाल सुनमा रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ८ सयले बढेर तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले आजका लागि चाँदीमा रुपैयाँ ४० सयले बढेर तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । बिहिबार चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।