
काठमाडौं, २८ जेठ । आँखुखोला जलविद्युत कम्पनीले असार २२ गते १५औं वार्षिक साधारण सभा डाकेकाे आह्वान गरेको छ।
सञ्चालक समितिको शुक्रबार बसेकाे बैठकले साधारणसभा असार २२ गते गर्ने निर्णय गरेको हो। साधारण सभा काठमाडौं नयाँबानेश्वरमा रहेकाे अर्पण ब्यांक्वेटमा पूर्वान्ह ११ बजे डाकिएकाे छ।
सभाबाट १५० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने विशेष प्रस्ताव पारित गरिने भएकाे छ। साथै पुँजीगत संरचनामा पनि वृद्धि गर्ने प्रस्ताव अनुमाेदन गरिने भएकाे छ।
कम्पनीले साधारण सभाले गणेश हाइड्रोपावरले प्रवर्द्धन गर्ने २० मे.वा. क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा ६० प्रतिशत लगानीका लागि सञ्चालक समितिले गरेको सम्झौतालाइ अनुमाेदन गर्नेछ । यस्तै सभाले आर्थिक वर्ष २०७८/२०७९को वार्षिक प्रतिवेदन र लेखा प्रतिवेदन अनुमाेदन गर्ने भएकाे छ।
आँखुखोला जलविद्युत कम्पनी साधारण सभा प्रयोजनका लागि असार ३ गते बुक क्लोज गर्ने भएकाे । साधारण सभामा भाग लिनका लागि सेयरधनीहरुले जेठ ३२ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




