आईतबार सुनचाँदी स्थिर भाउमा कारोबार हुँदै

-



     सफल आवाज    
     जेठ २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ जेठ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ स्थिर रहि कारोबार भईरहेको छ । यसदिन छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउमा पनि फेरबदल भएको छैन । तेजाबी सुन तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा पनि परिवर्तन भएको छैन । यसदिन चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।