अमेरिकी डलरको भाउ घट्यो, यूरोको बढ्यो, अन्यको कस्तो ?

-



     सफल आवाज    
     जेठ ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ६० पैसा बिक्रिदर १३२ रुपैयाँ २० पैसा रहेको छ । यूरो १ को खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६६ रुपैयाँ २८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४६ रुपैयाँ १३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा रहेको छ ।

आजको मूल्यसूची :