रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     जेठ ३० गते २०८० मा प्रकाशित



काठमाडौं, ३० जेठ । नेपाल रिपब्लिक मिडियाको सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनी मिडियाकाे तर्फबाट नेपालमा सेयर जारि गर्ने पहिलो मिडिया कम्पनी हाे । यसले सर्वसाधारणका लागि जेठ २६ गतेदेखि सेयर बिक्री खुलाएकाे थियाे ।

कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयरका लागि स्वीकृिती लिएकाे थियाे । यसमा १ लाख ७४ हजार १२० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । यसमा वैदेशिक रोजागरमा गएकाहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता जारि भइसकेकाे छ ।

कर्मचारीहरुका लागि बिक्रीमा ल्याइएकाे सेयर पूरा बिक्री नभएपछी बाँडफाँड हुन बाँकी ९३ हजार ९६१ कित्ता सहित ३६ लाख १९ हजार ८९१ कित्ता सर्वसाधारणका लागि जारि गरिएकाे हाे । सेयर लगानीकर्ताले घटीमा १० तथा बढीमा ५०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।

इच्छुक सेयर लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाउने सुविधा रहेकाे छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।