
काठमाडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा सेयर (आईपीओ) निष्काशन गर्न पाउने भएकाे छ । यसका लागि सेबाेनले कम्पनीलाई अनुमति दिएकाे छ । अब कम्पनीले आगामी असार एक गतेदेखि वैदेशिक रोजगारमा गएका नेपालीका लागि सेयर जारी गर्ने भएकाे छ । साथै असार २० गतेदेखि सर्वसाधारणका लागि सेयर जारि गर्ने जनाएकाे छ ।
कम्पनीका अनुसार सर्वसाधारण समूहतर्फको एक करोड २० लाख कित्ताबाट ६ लाख कित्ता कर्मचारीहरुलाई रु १०० अंकित मूल्यमा बिक्री गरिने भएकाे छ। बाँकी रहने एक करोड १४ लाख कित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम गपेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा बिक्रीमा ल्याइने भएकाे छ ।
कम्पनीले एक करोड १४ लाख कित्ता सेयरकाे बिक्रीबाट १ अर्ब ५६ करोड रुपैयाँ प्रिमियम कमाउने छ । यसमा कम्पनीले साे प्रिमियम रकमबाट २५ प्रतिशत कर तिर्नु पर्ने भएकाे छ । प्रिमियमबाट आर्जित रकमबाट करिब ३९ करोड रुपैया तिर्नुपर्नेछ । यसपछि कम्पनीकाे लाभांश वितरण योग्य प्रिमियम रुपैयाँ एक अर्ब १७ करोड पुग्ने भएकाे छ ।
सर्वसाधारणका लागि १ करोड २० लाख कित्ता जारि गरेपछि चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । उता बीमा प्राधिकरणको निर्देशनले चुक्ता पूँजी घटीमा ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने उल्लेख छ । अब कम्पनीले २५ प्रतिशत बोनस वितरण गर्नु पर्ने हुन्छ । कम्पनीकाे जगेडा काेषमा १ अर्ब बढी रकम रहेकाे छ । यस पटक कम्पनी २५ प्रतिशत बोनस वितरण गर्न सकिने अवश्थामा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




