ब्रोकर लाइसेन्स रोक्ने निर्णय लागू नगर्न न्यु स्टक ब्रोकर एशोसिएसनकाे माग

-



     सफल आवाज    
     जेठ ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ जेठ । न्यू स्टक ब्रोकर एशोसिएसन नेपालले ब्रोकर लाइसेन्स रोक्ने निर्णय लागू नगर्न संसदको अर्थ समितिमा ज्ञापनपत्र बुझाएको छ । अर्थ समितिले लाइसेन्स पाएर कारोबारकाे तयारीमा लागेका ब्रोकर कम्पनीहरुलाई तत्काल रोक्न अर्थ मन्त्रालयबाट निर्देशन गरेपछि एशोसिएसनले असहमति जनाउदै ज्ञापनपत्र बुझाएको हाे ।

एशोसिएसनले भनेकाे छ, लाइसेन्स रोक्ने काम आत्मघाती हाे । याे कदमलाई अघि बढाउने काम नगरियाेस् । ब्रोकर लाइसेन्स कुनै हालतमा रोक्न नहुने माग गर्दै एशोसिएसनले रोक्नुपर्ने कुनै पनि कारण छैन भनेकाे छ । यसका लागि एसाेसिएसनले १६ बुँदे कारणहरु पनि प्रस्तुत गरेकाे छ ।

ज्ञापनपत्र लेखिएकाे छ, केहि निहीत स्वार्थी समूहका कारण ५६ लाख भन्दा बढी लगानीकर्तामाथि कुठारताघात गर्ने प्रयास भएको छ । सर्वोच्च अदालतले दिएकाे आदेश अनुसार लाइसेन्स वितरण प्रक्रिया अघि बढेको जनाउदै अदालतभन्दा माथि कोही पनि छैन । 

कम्पनीहरुले कार्यालय स्थापना गरेर कर्मचारीकाे पनि व्यवस्थापन गरिसकेका छन् । यस्ताे अवश्थामा कार्यालय सञ्चालन गर्ने समय निजिकिदा रोक्न निर्देशन गरिनु करोडौं रुपैयाँ लगानीलाई जोखिममा पार्ने देखिएकाेले गम्भिर हुन अपिल गरिएकाे छ । 

यस्ताे छ एशोसिएसनकाे ज्ञापनपत्र: