काठमाडौं, ३१ जेठ । निकै उतारचढाव देखिएको आजको सेयर बजारको दृश्यले अन्ततः लगानीकर्तालाई शान्तिले श्वास फेर्ने वातावरण सिर्जना गरिदियो ।
बजार बन्द हुने समयको उत्तरार्धमा देखिएको नकारात्मक लयमा गएको दृश्यले निरास बनाए पनि बजार हुँदाको समयमा भने पुनः उकालो लाग्दा लगानीकर्तालाई खुसि बनाएको हाे।
साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा १६.४२ अंकको बृद्धि भएको छ । मंगलबारकै लयलाई पछ्याउँदै उकालो लाग्ने अपेक्षा अुनसार नै करेक्सन भएर पनि पुनः लयमा फर्किदै नेप्से परिसूचक २०३७.०६ विन्दुमा उक्लिएको हाे।
मंगलबारको सेयर बजारको उकालोको यात्राले लगानीकर्ताहरुको मनोबल बढाएको थियो । आज पनि उनीहरुको मनोबल झनै बढाएको आकलन गरिएको छ ।
आज पनि कारोबार रकममा उछाल देखिएको छ । १३ उपसमूहहरुमध्ये ६ वटाको सेयर घटेको भएपनि बाँकी ७ वटा उपसमूहरुको बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.८१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ३.८२ अंकले बढेर ३८३.६९ विन्दुमा पुगेको छ ।
यसदिन १३ वटा उपसमूहरुमध्येमा ६ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ७ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ ।
कुल २७५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब १७ करोड करोड ८ लाख ७ हजार ६८२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
शिवम सिमेन्टको कारोबार अब्बल
कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्टको कारोबार भएको छ । कम्पनीको २८ करोड १७ लाख ८ हजार ८४२ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ५.६२ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




