नेप्सेमा ५ अंकको बृद्धि, कारोबार रु ३ अर्ब १६ करोडमा सिमित

-



     सफल आवाज    
     जेठ ३२ गते २०८० मा प्रकाशित



काठमाडौं, ३२ जेठ । अघिल्लो दिनको कारोबारको तुलनामा कुल कारोबार रकम केहि कम भएपनि आज पनि सेयर बजार उकालोको यात्रामा गएको छ ।

आज साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से परिसूचक ५ अंकले बढेर २०४२.०७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.३० अंकले घटेर ३८३.३९ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ७ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ६ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ ।

यसदिन २७० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७८ लाख ९६ हजार ४७८ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी आज पनि शिवम सिमेन्टको लिमिटेडको कारोबार भएको छ । कम्पकीको १७ करोड ९३ लाख ४६ हजार १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिटि होटल लिमिटेडको सेयरमूल्य बढेको छ । सो होटलको सेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ५.८६ प्रतिशतले घटेको हो ।