अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कस्तो ?

-



     सफल आवाज    
     असार २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरकाे भाउ घटेकाे छ । यूरोलगायत अन्य धेरै देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ १९ पैसा बिक्रिदर १३१ रुपैयाँ ७९ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ २ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ २ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रुपैयाँ १६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ४३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८८ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८ पैसा रहेको छ ।

आजको मूल्यसूची :