तीन दिन देशका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

-



     सफल आवाज    
     मंसिर १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ मंसिर । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

विभागले आज एक बुलेटिन प्नकाशित गरी पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्का वर्षाका हुने, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरुमा वर्षा तथा हिमपात भएकाे छ । त्यस्तै प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भूभागमा मौसम सफा रहेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानहरुलगायत गण्डकी, बागमती र प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनाका रहेकाे विभागले जनाएकाे छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली  रही प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपात हुने संभावना रहेको छ । बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई प्रदेश नं १ को  उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।