सुनको भाउ स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     असार ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ४ सय ४० रुपैयाँमा कारोबा भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।