
काठमाडौं, ४ असार । नेपाल धिताेपत्र बाेर्ड (सेबाेन)ले घोराही सिमेन्टको सेयर (आईपीओ) राेकेकाे छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले सेबाेनलाई सेयरमा फर्जी आवेदन परेको जानकारी गराएको थियो ।
यसबारे बाेर्डले केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिन भित्र स्पष्टिकरण दिन भनेकाेमा नदिइ आधारबिना सेयरकाे म्याद थपेकाेले साे सेयर निष्काशनकाे सबै कार्य राेकिएकाे हाे ।
बाेर्डकी सहायक निर्देशक सरिता महर्जनले लेखेकाे पत्रमा कम्पनीकाे सेयर निष्काशनमा माग भन्दा बढि कित्ताका लागि आवेदन प्राप्त भइसक्दा पनि सेयर निष्काशनकाे म्याद थप गरेकाे सूचना निकालेपछि स्थगन गर्नु परेकाे जनाएकी छिन्।
बाेर्डले लगानीकर्ताहरूकाे सुरक्षा तथा हित संरक्षणलाई ख्याल गरेर कम्पनीकाे रेटिङ र सार्वजनिक निष्काशनकाे बारे जाँचबुझ गरिने पनि बाेर्डले जनाएकाे छ ।

सेबाेनले लेखेकाे पत्रमा लेखिएकाे छ, “उपर्युक्त सम्बन्धमा तहाको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सार्वजनिक निष्काशन भएको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) विपरित भए/नभएको वारेमा केयर रेटिङ्ग नेपाल लिमिटेडलाई तीन (३) दिन भित्र स्पष्ट गरी पेश गर्न मिति २०८०/०२/३० मा पत्राचार गरिएकोमा केयर रेटिङ्ग नेपाल लिमिटेडले हालसम्म जानकारी पेश नगरी कुनै आधार बिना म्याद थपको लागी अनुरोध गरेको साथै उक्त कम्पनीको सार्वजनिक निष्काशनमा माग भन्दा वढी कित्ता शेयरको लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्काशनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताहरुको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ्ग र सार्वजनिक निष्काशन सम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया स्थगन गर्न निर्णयानुसार जानकारी गराइन्छ ।”
५ अर्ब बढीकाे फर्जी आवेदन
यसैबीच कम्पनीको स्थगित गरिएकाे सेयरमा करिब १० अर्ब को आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गले सोमबार अपराह्न ४ः४५ बजेसम्म ५ लाख ६२ हजार ४३ जना आवेदकले ९ अर्ब ८३ करोड ५५ लाख रुपैयाँ बराबरको २ करोड २६ लाख १७ हजार ३७० कित्ता सेयर माग गरेकाे देखियाे ।
यो सर्वसाधारणलाई जारि गरेको कुल सेयर ६९ लाख ११ हजार ६७० कित्ताको ३.२७ गुणा बढी हाे। तर कम्पनीको सेयरमा ६५ हजार बढी आवेदकबाट ५ अर्ब २२ करोड रुपैयाँ बराबरको फर्जी आवेदन परेको सिडिएससीले बताएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




