विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको दरभाउ

-



     सफल आवाज    
     असार ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य देशको मुद्राकाे भाउ केहि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८० पैसा बिक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ २ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९४८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५० पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा रहेको छ ।

आजको मूल्यसूची