सुनचाँदीको भाउ घट्यो, सुनमा २ सय र चाँदीमा १० रुपैयाँकाे गिरावट

-



     सफल आवाज    
     असार ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ असार। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अाज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। मंगलबार सुन तोलामा २ सय र चाँदी १० रुपैयाँले घटेको हो।

सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ। त्यस्तै चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १४ सय ३० रुपैयाँ भएको छ।

सोमबार तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँ थियो भने साताको प्रारम्भमा तोलाको १४ सय ४५ रुपैयाँ थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य थोरै घटेको छ।