अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     असार ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ र यूरोलगायत अन्य देशको मुद्राको भाउ केहि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८० पैसा बिक्रिदर १३१ रुपैयाँ ७० पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ११ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ २१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६६ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ १० पैसा रहेको छ ।

आजको मूल्यसूची