बुधबार घट्यो सुन र चाँदी दुबैको भाउ

-



     सफल आवाज    
     असार ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सय तथा चँदीमा रुपैयाँ ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनमा पनि रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ४५ ले घटेर तोलाको १ हजार ३८५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।