अमेरिकी डलर, यूरोसहित अन्य देशको मुद्राको भाउ घट्यो

-



     सफल आवाज    
     असार ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ केहि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा बिक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८९ रुपैयाँ १ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ९९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४४ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९ पैसा रहेको छ ।

आजको मूल्यसूची