तोलाको १ लाख १० हजार ५ सयमा झर्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     असार ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २५ ले घटेर तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।