नेप्सेमा झिनो अंकको बृद्धि, ३ अर्ब ४४ करोडको कारोबार

-



     सफल आवाज    
     असार ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ असार । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । नेप्सेमा झिनो अंकको बृद्धि भएको छ । कारोबार रकम अघिल्ला केहि दिनहरुकोभन्दा थोरै भएपनि सन्तोषजनक रहेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.३० अंकले घटेर ३८५.८१ विन्दुमा रहेको छ ।

१३ वटै उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ९ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ ।

यसदिन २७६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ८० लाख ८ हजार २४६ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा आज सबैभन्दा धेरै सोल्टि होटल लिमिटेडको सेयर कारोबार भएको छ । सो होटलको २९ करोड ६३ लाख ८२ हजार ७३८ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै तारागाउँ रिजेन्सि होटल लिमिटेडको सेयरमूल्य बढेको छ । होटलको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड १ को सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ८.४१ प्रतिशतले घटेको छ ।