अमेरिकी डलरको भाउ घट्यो, यूरोसहित अन्यको भाउ बढ्यो

-



     सफल आवाज    
     असार ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत अन्य देशहरुको मुद्राको भाउ केहि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८३ पैसा बिक्रिदर १३१ रुपैयाँ ४३ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६९ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ४३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८९ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९८ रुपैयाँ २ पैसा रहेको छ ।

आजको मूल्यसूची