नबिल इन्भेष्टमेन्ट र श्रीनगर एग्रिटेकबीच आइपीओ निष्काशन बारे सम्झौता

-



     सफल आवाज    
     असार ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ असार । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र श्रीनगर एग्रिटेक इन्डष्ट्रीजबीच सेयर (आइपीओ) निष्काशनका बारेमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार कम्पनीलाई सूचीकृत कम्पनी बनाउने र आवश्यक पूँजीको उपलब्धताजस्ता लगायतमा सहयोगी भूमिका निर्वाह गर्नका लागि संस्थागत परामर्श सेवा दिने बारेमा सम्झौता गरिएकाे जनाइएकाे छ । 

सम्झौतामा श्रीनगर एग्रिटेकका प्रबन्ध निर्देशक सतीशचन्द श्रेष्ठ र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले हस्ताक्षर गरेका छन् । सार्वजनिक निष्कासनका गर्नका लागि श्रीनगर एग्रिटेक इन्डष्ट्रीज पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ ।