सुन तोलाको १ लाख ९ हजार ८ सयमा झर्यो, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     असार ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ असार । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ २५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको जनाएकाे छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ७ सयले गिरावट भई तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ २५ ले घटेर तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।