अप्पर स्याङ्गे हाइड्रोकाे आइपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     असार १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० असार । अप्पर स्याङ्गे हाइड्रोपावरले आजदेखि सेयर (आइपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको ६ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

कम्पनीले ६५ हजार कित्ता विदेशमा रहेका नेपालीका लागि जारी गरिसकेकाे । ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ भने १३ हजार कित्ता कर्मचारीका लागि रहेकाे छ । 

सर्वसाधारणले ५ लाख ३९ हजार ५ सय कित्ताका लागि आवेदन दिन पाउने भएका छन्। सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले असार १३ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे निवेदन नपरेमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

सेयरमा घटीमा १० कित्ता र बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट निवदेन दिन सक्नेछन्।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।