आईतबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

-



     सफल आवाज    
     असार १० गते २०८० मा प्रकाशित



काठमाडौं, १० असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ४ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार हुँदैछ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयामा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ३ सय ५० रपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।