
पोखरा, २ मंसिर । जुवातास खेलेको भन्दै बागलुङ प्रहरीले ८ जुवाडे पक्राउ गरेको छ । प्रहरीले जुवाखालबाट ८५ हजार रुपैयाँ समेत बरामद गरेको जनाएको छ ।
तिहार पर्व मनाउन रमाइलोका लागि जुवातास खेल्नेक्रममा सोमबार साँझ पौने ६ बजे उनीहरु प्रहरी फन्दामा परेका हुन् । स्थानीय बागलुङ नगरपालिका वडा ६, धारापानीका ईश्वर केसीको घरमा जुवातास खेलिरहेको गोप्य सूचना प्रहरीसमक्ष पुगेपछि प्रहरीले उनीहरुलाई नगद ८५ हजारसहित नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरु सबै बागलुङ ६, धारापानीका युवक हुन् । उनीहरुमा २० वर्षीय ईश्वर केसी, २२ वर्षीय दीपेश सापकोटा, ४२ वर्षीय कुलबहादुर केसी, ४० वर्षीय राजेन्द्र सापकोटा, २९ वर्षीय दीपक सापकोटा, ३० वर्षीय मनबहादुर केसी, २५ वर्षीय रामकृष्ण सापकोटा र २३ वर्षीय सागर केसी छन्।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



