
काठमाडौं, १० असार । मनकामना इन्जीनियङ्ग हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर कम्पनीले सेयर (आईपीओ) निष्काशनकाे अनुमति पाएका छन्। सेबाेनले दुबै कम्पनीलाई सेयर निष्काशनकाे अनुमति दिएको हाे ।
सेबाेनले मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरका लागि २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशनकाे अनुमति दिएकाे छ । अनुमति पाएकाेले अब कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र सर्वसाधारणका लागि सेयर खुलाउने भएकाे छ ।
कम्पनीले दोलखाको सिंगटीमा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । जसकाे सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड नियुक्त भएकाे छ ।
अर्काे भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ रुपैयाँ प्रिमियम थपेर गरी प्रतिकित्ता रु ११६ काे दरले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता सेयर जारि गर्ने अनुमति पाएको छ ।
कम्पनीले कास्कीकाे विजयपुर साना हाइड्राेपावर आयोजनाबाट ४.५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




