अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     असार ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोलगायत अन्य केही देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९६ पैसा बिक्रिदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४३ रुपैयाँ २८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६७ रुपैयाँ २५ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ३४ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३१ पैसा रहेको छ ।

आजको मूल्यसूची