सुन र चाँदी दुबैको भाउ बढ्यो, तोलाको कति ?

-



     सफल आवाज    
     असार ११ गते २०८० मा प्रकाशित



काठमाडौं, ११ असार । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेकाे हाे।

नेपाल सुनाचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको रुपैयाँ १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।