
काठमाडौं, १२ असार । केहि दिनदेखि नेप्सेको उकालो यात्रा जारि रहेको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा अर्धशतक पूरा भएको छ ।
१३ उपसमूहरुमध्ये १० वटा उपसमूहरुमा हरियाली छाएको छ । कारोबार रकम पनि सन्तोषजनक छ । यसले लगानीकर्ताहरुको मनोबल बढाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.६७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १३.४० अंकले बढेर ४१२.५१ विन्दुमा पुगेको छ ।
१३ वटा उपसमूहहरुमध्ये १० वटामा हरियाली छाएको छ । उनीहरुको सेयर बढेको छ । बाँकी ३ वटामा रातो लागेको छ ।
यसदिन २७५ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड ३१ ७ हजार ८० कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ ४८ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबार भएको छ । कम्पनीको २५ करोड १२ लाख ३३ हजार ६९४ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै निर्धन उत्तम लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिक्लेस हाईड्रोपावर लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ३.८८ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




