विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

-



     सफल आवाज    
     असार १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोलगायत अन्य केही देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९५ पैसा बिक्रिदर १३१ रुपैयाँ ५५ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४४ रुपैयाँ १ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८८ रुपैयाँ रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ५८ पैसा र बिक्रीदर १०० रुपैयाँ ४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५१ पैसा रहेको छ ।

आजको मूल्यसूची