सुनको भाउ घट्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     असार १३ गते २०८० मा प्रकाशित



काठमाडौं, १३ असार । साताको सुनचाँदीको करोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहेको छ । चाँदीको भाउ स्थिर रहि तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा नै कारोबार भएको थियो ।