अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यको कस्तो ?

-



     सफल आवाज    
     असार १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको बढेको छ । अन्य देशहरुको मुद्राको भाउ पनि घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ बिक्रिदर १३१ रुपैयाँ ६० पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ २५ पैसा र बिक्रीदर १६७ रुपैयाँ १ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ २१ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँँ ३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३५ पैसा रहेको छ ।

आजको मूल्यसूची :