बिहिबार घट्यो सुन र चाँदीको भाउ

-



     सफल आवाज    
     असार १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा आज रुपैयाँ ५ ले घटेर तोलाको रुपैयाँ १ हजार ३ सय ७० मा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।