सुनको भाउ बढ्यो, चाँदीमा गिरावट

-



     सफल आवाज    
     असार १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ असार । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ घटेको छ । सुनमा रुपैयाँ २ सयले बृद्धि भएको हो भने चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।