अमेरिकी डलर, यूरोसहित विदेशी मुद्राको विनिमय दर स्थिर

-



     सफल आवाज    
     असार १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोसहित विदेशी मुद्राकाे भाउ स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रिदर १३१ रुपैयाँ ५७ रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६६ रुपैयाँ २३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ३० पैसा र बिक्रीदर १४५ रुपैयाँ ९६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८७ रुपैयाँ १४ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ८१ पैसा र बिक्रीदर ९९ रुपैयाँ २६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९९ पैसा रहेको छ ।

आजको मूल्यसूची