आईतबार बढ्यो सुनचाँदीको भाउ, तोलाको कति पर्छ ?

-



     सफल आवाज    
     असार १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ असार । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा यसदिन रुपैयाँ १० ले बढेर तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।