अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     असार १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोको भाउ भने बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रिदर १३१ रुपैयाँ ५७ रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४३२ रुपैयाँ ५७ पैसा रहेको छ । याे आजका लागि स्थिर भाउ हाे ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ९३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३९ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३० पैसा रहेको छ ।

आजको मूल्यसूची