किन राेकियाे साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार ?

-



     सफल आवाज    
     असार १८ गते २०८० मा प्रकाशित



काठमाडौं, १८ असार । एकापसमा गाभिएका साना किसान लघुवित्त बित्तीय संस्था र आरएमडीसी लघुवित्त बित्तीय संस्थाको सेयर कारोबार १५ दिनका लागि राेकिने भएकाे छ ।

दुबै संस्थाकाे सेयर काराेबार असार २४ गतेदेखि १५ दिनसम्म रोक्का गरिने भएकाे हाे । बुदै संस्था मर्जरमा गएपछि साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट असार २४ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएकाे छ ।

दुबै संस्थाकाे संयुक्त मर्जर समितिले सेयर मिलान, धितोपत्रकाे पुनः दर्ता, अभौतिकीकरण र सूचीकरणकाे प्रयोजनार्थ सेयर कारोबार रोक्का गर्नका लागि नेपाल स्टक एक्सचेन्जलाई पत्र मार्फत जानकारी दिएकाे हाे ।

नेपाल राष्ट्र बैंकले गाभिनका लागि जेठ २४ गते अनुमति दिएकाे थियाे । उता सेबाेनले असार ४ गते स्वीकृति दिएकाे थियाे । दुबै संस्था १००ः८७ सेयर स्वाप रेसियाेमा गाभिएका हुन् ।