
काडमाडौं, १८ असार । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा गिरावट भएको छ । अघिल्ला दिनहरुको तुनामा कारोबार रकम पनि घटको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५.९७ विन्दुमा झरेको छ । नेप्सेमा १.०२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेर ३८६.३५ विन्दुमा रहेको छ ।
यसदिन दुईवटा बाहेक ११ वटा उपसमूहहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । आज कुल २७६ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ९४ लाख १८ हजार ९५२ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ५१ करोड ७ लाख ८ हजार ३७५ रुपैयाँ ४४ पैसा बराबारको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको २३ करोड ९४ लाख ४५ हजार ७८५ रुपैयाँ बराबरको करोबार भएको छ ।
सबैभन्दा धेरै सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लक्ष्मी इक्वीटि फण्डको सेयरमूल्य घटेको छ । फण्डको सेयरमूल्य ८.९५ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




