
पोखरा, १८ असार । गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी एवं मुना कृषि लिमिटेडको साझेदार कार्यक्रम “सुरक्षित तरकारी र फलफूलका लागि कोल्डरुम निर्माण÷स्थापना एवं संचालन सम्बन्धि सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
कार्यक्रममा कास्कीका छिमेकी जिल्लाहरु पर्वतको मोदी गाउँपालिका, स्याङ्जाको फेदिखोला, कास्कीको लाहाचोक, फुस्रेखोला लगायतका क्षेत्रका कृषकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष नरनाथ वरालले महानगरले कृषि लगायतका क्षेत्रमा कार्यक्रमहरु गरिरहेको र यसमा स्थानियलाइ जागरुक बनाइरहेकाे बताए ।
वरालले निजि स्तरबाट खुलेका संस्था रैथाने कृषि उपजहरुको प्रवर्धनमा लाग्नु, कृषकमुखि कार्यक्रम गर्नु र परम्परागत ढंगबाट हुँदै आएको वजारिकरणलाई प्रतिष्थापन गर्दै कृषककाे लाभकाे पक्षमा उभिएर काम गर्नु सह्रायिन भएको बताए । उनले स्थानिय स्तरमा कृषि उपजको पहुँच अँझ रैथानले उत्पादनहरुको प्रवर्धनमा लागेको मुना बजारलाई वडाको सहयोग स्थापना कालबाटै हुँदै आएको बताए ।
कृषि तथा भूमि व्यवस्था मन्त्रालय कृषि विकास निर्देशनालयका प्रतिनिधि हरि रीजालले मुना बजारमा स्थापना गरिएको कोल्ड स्टोरलाई अब नरिन्तर उपयोगमा लैजानु पर्ने बताए । उनले कृषकलाई उत्पादनमा जोड दिन आग्रह गर्दै उत्पादित कृषि उपजको उचति मूल्य, बजारिकरण तथा सुरक्षित भण्डारणका लागि समस्या नहुने विश्वास व्यक्त गरे।
पोखरा महानगरपालिकाका कृषि तथा पशुपंछी महाशाखाका प्रमुख मनोहर कडरियाले कृषिलाई दीगो बनाउन कृषक तथा स्थानिय सरकारको सहयोग अति आवश्यक भएको बताए । उनले उत्पादनमा शुद्धतासंगै उपभोक्ताले खानपान र व्यवहारमा पनि परिवर्तन गर्न आवश्यक भएको बताए ।
कडरियाले स्थानिय अर्थात रैथाने उत्पादनमा जोड दिनुपर्ने, स्थानिय कृषि उपजहरुको उपभोग गर्नुपर्ने र यसमा कृषि एम्वुलेन्सले कृषक र उपभोक्तालाई घर छिमेकमा जोड्न लागेको बताए । उनले कृषि एम्बुलेन्सले विभिन्न भूगोलबाट तरकारी संकलन गरेर बिक्री तथा भण्डारणमा सहजिकरण गर्दै आएको बताए । पछिल्लो पटक मुना बजारमा महानगरले संचालन गरेको कृषि एम्बुलेन्सले मंगलबार संकलन गरेर ल्याएको तरकारी अपरान्ह ४ वजे मुना बजार सृजनाचोकमा बिक्री गर्ने र भण्डारण गर्ने बताए ।
कर्याक्रममा मुना बजारकी मुख्य प्रवन्धक सीता पाण्डेले कार्यक्रमको औचित्य, आवश्यक्तासहितको प्रतिवेदन प्रस्तुत गरेकी थिईन । सो अवसरमा उनले मुना बजारमा कृषि उपजहरुको भण्डारणका लागि कोल्ड स्टोर स्थापना गरिएको जानकारी दिइन ।
सो कोल्ड स्टोरको कुल लागत १० लाख १५ हजार ५८३ रुपैयाको रहेको छ । यसमा कृषि मन्त्रालयको आधार र कम्पनीको आधार रहेको छ । यसको भण्डारण क्षमता अधिकतम २५० क्यारेट अटाउने, तरकारी तथा फलफूल राखिनेछ । यसमा दुईवटा च्याम्बर रहने, एउटामा भण्डारण र अर्कोबाट बिक्री गरिने भएको छ ।
अनुदानका लागि एउटा च्याम्बर मात्र समेटिएको छ भने बजारको रुपमा प्रयोग गरिने बारिहबाट ग्राहकले हेर्न सक्ने च्याम्बर मुना आफैंले अन्य कुनै श्रोतबाट बनाउने मुख्य प्रवन्धक पणडले जानकारी दिईन ।
कार्यक्रममा सहभागि सबैलाई मुना बजार पोखराका मूल्यांकन समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले आभार व्यक्त गरेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




