मुक्तिनाथ क्यापिटलले पायाे कोष प्रबन्धककाे इजाजत, म्युचुअल फन्ड दर्ता गर्न मुक्तिनाथ बन्याे पहिलो विकास बैंक

-



     सफल आवाज    
     असार १८ गते २०८० मा प्रकाशित



काठमाडाैं, १८ असार । मुक्तिनाथ क्यापिटलले सेवाेनबाट कर्पोरेट सल्लाहकार र कोष प्रबन्धकका लागि इजाजतपत्र प्राप्त गरेकाे छु । यस उपलब्धिले मुक्तिनाथ क्यापिटललाई आफ्नो सेवा प्रस्तावलाई फराकिलो बनाउन र आफ्ना ग्राहकहरूलाई व्यापक वित्तीय समाधानहरू उपलब्ध गराउन सक्षम बनाएकाे बताइएकाे छ।

सेवाेनकाे लाइसेन्सले मुक्तिनाथ क्यापिटललाई आफ्नो कर्पोरेट एडभाइजरी डिभिजन अन्तर्गत व्यवसाय र लगानीकर्ताहरूको विविध आवश्यकताहरू पूरा गर्दै सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्न सक्षम बनाएकाे छ।

मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले भने, कर्पोरेट सल्लाहकार र कोष प्रबन्धक सेवाहरूको लागि सेबोन इजाजतपत्र प्राप्त गर्न पाउँदा हामी खुसी छौं। यस इजाजतपत्रले उत्कृष्टताप्रतिको हाम्रो समर्पणलाई प्रतिबिम्बित गर्दछ ।

त्यस्तै मुक्तिनाथ विकास बैंक लिमिटेड म्युचुअल फन्डको लागि दर्ता गर्ने नेपालको पहिलो विकास बैंक बनेको छ। मुक्तिनाथ विकास बैंक लिमिटेडको यो अग्रगामी कदमले नवप्रवर्तन र आफ्ना ग्राहकहरूलाई विविध लगानीका अवसरहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई उजागर गरेको बैककाे बिज्ञप्तीमा जनाइएकाे छ।