
पोखरा, ३ मंसिर । तनहुँको मालुङकोटमा बुधबार हाइस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते छन् ।
कास्कीबाट तनहुँको व्यास नगरपालिका ५, मालुङकोटतर्फ जानेक्रममा ग १ ख २९४२ नम्बरको हाइस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी १० जना घाइते भएका थिए । गम्भीर घाइतेमध्ये पोखरा महानगरपालिका वडा ३२ की २८ वर्षीया सुनिता गुरुङको उपचारक्रममा रत्नहरि अस्पताल दमौलीमा मृत्यु भएको हो । अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
हाइसमा करिब १५ जना सवार रहेकोमा उकालो बाटोका कारण माथि चढ्न नसक्दा ३/४ जना युवक ओर्लिएर धकेल्ने क्रममा व्याक भई सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जीपमा सवार अन्य ५ जना भने सकुसल छन् । प्रहरीले चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जनाएको छ ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



