अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     असार २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर र यूरोको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९४ पैसा र बिक्रिदर १३१ रुपैयाँ ५४ रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३४ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ २२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५३ पैैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँँ ९८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५१ पैसा रहेको छ ।

आजको मूल्यसूची