
काठमाडौं, २० असार । मध्य भोटेकोशी जलविद्युत कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीकाे दुई आर्थिक वर्षका १० औं र ११ औं वार्षिक साधारण सभा आज हुन लागेकाे हाे । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ ।
सभामा दुबै वर्षकाे वार्षिक प्रतिवेदन, नाफा–नोक्सानकाे हिसाब, नगद प्रवाह लगायतका एजेण्डाहरुमा छलफल गर्न लागिएकाे छ । साथै सभामा सञ्चालक समितिमा रहने सदस्यहरुकाे चयन, प्रबन्धपत्र, नियमावलीकाे संशोधन दगायतका प्रस्तावहरुमाथि छलफल गरिने भएकाे छ ।
सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्ताव पारित गर्नेछ । कम्पनीले यसैकाे प्रयाेजनका लागि असार ६ गते बुक क्लोज गरेका थियाे ।
सभामा भाग लिनका लागि सेयरधनीहरुले असार ५ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरुले मात्रै सभामा भाग लिन पाउनेछन् ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




