प्रि ओपन सेसन : नेप्सेमा १.६७ अंककाे बृद्धि

-



     सफल आवाज    
     असार २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० असार । साताकाे सेर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य किसिमले बढेकाे छ । यसिदन प्रि ओपनमा नेप्से १.६७ अंकले बढेको हाे ।

अघिल्लो कारोबार भएकाे दिन मंगलबार नेप्से परिसूचक १२.७३ अंक बढेर २०८८.७० विन्दुमा राेकिएकाे थियाे । यस दिनकाे प्री ओपन सेसनमा नेप्से १.६७ अंक बढेर २०९०.३८ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स १.१३ अंक बढेको छ।

यस सेसनमा २४ कम्पनीकाे सेयर काराेबार भएकाे छ । उनीहरुकाे ८ लाख २९ हजार ७३ रुपैयाँ ९० पैसा बराबरको १ हजार ९५६ कित्ता सेयरकाे काराेबार भएकाे छ।

यस सेसनमा १५ कम्पनीहरुकाे सेयर बढेको छ भने ७ कम्पनीकाे मूल्य घटेको छ। २ वटाकाे मूल्य स्थिर रहेको छ।