मेडिकल चिकित्सकलाई प्रभु क्यापिटलकाे सेयरबजार सम्बन्धी तालिम

-



     सफल आवाज    
     असार २० गते २०८० मा प्रकाशित



काठमाडाैं, २० असार । प्रभु क्यापिटले लिमिटेडले मेडिकल चिकित्सकहरुका लागि १ दिने सेयर बजारमा लगानी सम्बन्धी तालिम कार्यक्रम सम्पन्न गरेको छ।

चिकित्सकहरुले पनि शेयरबजारमा लगानी गरी अधिकतम लाभ पाउन सक्ने मुख्य उद्धेश्यका साथ याे डक्टर्स मिट कार्यक्रमको आयोजना गरिएको प्रभु क्यापिटलले जनाएकाे छ।

तालिममा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झाले प्रशिक्षण गरेका थिए। उक्त कार्यक्रममा ३० जना भन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो।

व्यस्त समय तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताएका थिए।

सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले शेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।